टोकियो ओलम्पिकः हक्कीमा बेल्जियमले जित्यो स्वर्ण एजेन्सी। बेल्जियमले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै पुरुष हक्कीमा स्वर्ण पदक जितेको छ। निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल सुट आउटमा गएको हो। बेल्जियमले २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेको थियो। पुरुष हक्कीमा भारतले कास्य पदक जित्यो। १९८० मा स्वर्ण पदक जितेको भारतले जर्मनीलाई ५–४ ले हराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्