टोकियो ओलम्पिकः करातेमा कुमुतेको पहिलो स्वर्ण बुल्गेरियाका गोरानोभालाई एजेन्सी। बुल्गेरियाका इभेट गोरानोभाले ओलम्पिकमा करातोको कुमुतेतर्फ पहिलो स्वर्ण पदक जितेका छन्। उनले महिला ५५ किलो तौल समूहमा युक्रेनका एन्जेलिका टेर्लिउगालाई हराएका हुन्। टोकियो ओलम्पिकमा बुल्गेरियाको यो पहिलो स्वर्ण पदक हो। २१ वर्षीया गोरानोभाले फाइनल बाउट ५–१ ले जितेकी थिइन्। चाइनिज ताईपेईकी वेन तुयुन र अष्ट्रियाकी बेटिना प्लान्कले कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्