टोकियो ओलम्पिकः एथलेटिक्स ४०० मिटर दौडमा गार्डिनरलाई स्वर्ण एजेन्सी। बहामासका स्टेभन गार्डिनरले एथलेटिक्स पुरुष ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले ४३.८५ सेकेन्डमा दुरी पार गरे। गार्डिनरले दुई वर्षअघि कतारमा वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। कोलम्बियाका जोस एन्थोनी जाम्ब्रानोले रजत र ग्रानाडाका किरानी जेम्सले कास्य जिते। अमेरिकाका माइकल चेरी र माइकल नोरमन चौथो र पाँचौँ स्थानमा रहे। १९०४ पछि अमेरिकाले पदक नजितेको यो दोस्रो पटक हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्