टोकियो ओलम्पिकः स्पेनकी सान्चेज बनिन् करातेमा स्वर्ण जित्ने पहिलो खेलाडी एजेन्सी। स्पेनकी सान्द्रा सान्चेज ओलम्पिकको करातेमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन्। उनले महिला काता स्पर्धामा जापानकी कियु शिमिजुलाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। फाइनल बाउटमा ३९ वर्षीया सान्चेजले २८.०८ अंक जोडिन्। शिमिजुले २७.८८ अंक जोडिन्। पछिल्लो सात वर्षदेखि युरोपमा सान्चेजको दबदबा छ। हङकङकी ग्रेस लाउ र इटालीकी भिभिएना बोटारोले कास्य पदक जिते। कराते यसै संस्करणबाट ओलम्पिकमा राखिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्