टोकियो ओलम्पिकः विश्व विजेता अमेरिकालाई कास्य पदक एजेन्सी। फिफा विश्वकप विजेता अमेरिकी महिला फुटबल टिमले आज अस्ट्रेलियालाई ४–३ ले हराउँदै कांस्य पदक जितेको छ। अमेरिकाको जितमा मेगन रापिनो र कार्ली लोएडले समान दुई गोल गरे। अस्ट्रेलियाका सामन्थ केर, कैटलिन फोर्ड र इमिले जिइलनिकले एक/एक गोल गरे। पाँचौँ स्वर्ण पदक जित्ने लक्ष्यका साथ जापान आएको अमेरिका सेमिफाइनलमा क्यानडासँग हारेको थियो। क्यानडाले स्वर्ण पदकका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्