सिजनअघि फोफानाको चोटले लेस्टरलाई धक्का एजेन्सी। लेस्टर सिटीका रक्षक वेस्ले फोफानाले बुधबारराति सम्पन्न भिल्लारियालविरुद्धको मैत्रीपूर्ण खेलमा खुट्टामा गम्भीर चोट लागेपछि स्ट्रेचरमा बसेर मैदान छाडेका छन्। २० वर्षे रक्षक फोफाना भिल्लारियाका फरवार्ड निनोको खराब ट्याकलबाट घाइते भएका हुन्। गत वर्ष डेब्यूमै उत्कृष्ट प्रदर्शन गरेका फोफानाको चोटले लेस्टरलाई धक्का लागेको छ। एफए कप विजेता लेस्टरले शनिबार कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्