टोकियो ओलम्पिकः ४१ वर्षपछि भारतीय हक्की टिमले जित्यो ओलम्पिकमा पदक एजेन्सी। भारतको हक्की टिमले ओलम्पिकमा ४१ वर्षपछि काश्य पदक जितेको छ। भारतले आज बिहान जर्मनीलाई ५–४ ले हराउँदै काश्य पदक जितेको हो। १९८० को मस्को ओलम्पिकमा भारतले स्वर्ण पदक जितेको थियो। त्यसयता भारत ओलम्पिकको हकीमा पदकविहीन थियो। भारतको महिला हक्की टिम पनि काश्य पदकका लागि बेलायतविरुद्ध खेल्दैछ। पुरुष हक्की टिमको स्वर्ण पदकका लागि अष्ट्रेलिया र बेल्जियमले प्रतिस्पर्धा गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्