चेल्सी टोटेनह्यामसँग बराबरीमा रोकियो एजेन्सी। युरोपियन विजेता चेल्सीले गएराति सिजनपूर्वको मैत्रीपूर्ण खेलमा टेटेनह्यामसँग २–२ को बराबरी खेलेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीका लागि दुबै गोल हाकिम जियाचले गरे। चेल्सीले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो। टोटेनह्यामका लुकास माउरा र स्टेभन बर्गविनले गोल गरे। चेल्सीले अब युईएफए सुपर कपको उपाधिका लागि युरोपा लिग विजेता भिल्लारियलसँग १२ अगष्टमा खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्