सिजनपूर्वको मैत्रीपूर्ण खेलमा बार्सिलोनाको पहिलो हार एजेन्सी। नयाँ सिजन सुरू हुनुअघिको मैत्रीपूर्ण खेलमा बार्सिलोना गएराति अष्ट्रियाको साल्जबर्गसँग २–१ ले पराजित भएको छ। घरेलु टिम साल्जबर्गले लुका सुकिकको गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो। बार्सिलोनाका मार्टिन ब्रेथह्वाइटले ८२औं मिनेटमा बराबरी गोल फर्काए। तर अन्तिम मिनेटमा ब्रेन्डेन एरोनसनले गोल गरेपछि बार्सिलोनाले हार टार्न सकेन। बार्सिलोनाले यसअघिको तीन मैत्रीपूर्ण खेल जितेको थियो। बार्सिलोनाले अब इटालियन महारथी युभेन्टसविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्