अष्ट्रेलिया बंगलादेशसँग फेरि पराजित एजेन्सी। बंगलादेशले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको छ। बंगलादेश भ्रमणमा रहेको अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्दै सात विकेट गुमाएर १२१ रन बनाएको थियो। अष्ट्रेलियाका मिचेल मार्शले ४५ र मोसिस हेनरिक्सले ३० रन बनाए। बंगलादेशले १२२ रनको लक्ष्य १८.४ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो। बंगलादेशका अफिफ होसैनले अविजित ३७ र साकिब अल हसनले २६ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्