काठमाडौं। एनभीए राष्ट्रिय क्बल महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ अन्तिम चारमा तीन विभागीय टीमका साथै हेल्प नेपाल स्पोर्टस् क्बलले प्रतिस्पर्धा गर्ने भएका छन्।
आज सम्पन्न क्वार्टरफाइनलमा त्रिभुवन आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ।
एपीएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको हो।
नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित गर्यो।
हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पुरुषतर्फको सेमिफाइनल भोलि (बिहीबार) आर्मी र एपीएफ तथा पुलिस र हेल्प नेपालबीच हुनेछ।
महिलातर्फ पहिलो खेलमा एपीएफ र नेपाल पुलिसले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।