टोकियो ओलम्पिकः बक्सिङमा क्युवालाई अर्को स्वर्ण एजेन्सी। क्युवाका एर्लेन लोपेजले बक्सिङको लाईट हेबिवेटमा स्वर्ण पदक जितेका छन्। उनले बेलायतका ह्वाइटटेकर बेन्जामिनलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेका हुन्। बक्सिङमा क्युवाको यो दोस्रो स्वर्ण पदक हो। यसअघि क्युवाका रोनियल इग्लेसियसले स्वर्ण पदक जितेका थिए। रूसका इमाम खतेभ र अजरबैजनका लोरेन अल्फोन्सोले काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्