भान हाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षकमा नियुक्त एजेन्सी। लुइस भान गाल तेस्रोपटक नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ६९ वर्षीय भान हाललाई २०२२सम्मको लागि सम्झौता गरिएको नेदरल्यान्ड्स फुटबलले जनाएको छ। भान हालले पहिलोपटक २००० नेदरल्यान्ड्सको टिम सम्हालेका थिए। २००२मा टिम छाडेका भान हाल २०१२ मा फेरि डच टिममा फर्केका थिए। भान हालले बार्सिलोना, म्यानचेस्टर युनाईटेड, वायर्न म्युनिख, आयाक्सलगायत क्लबको प्रशिक्षक भएर काम गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्