सिटीको सानदार जित एजेन्सी। इल्के गुन्डोगनको दुई गोलकाे मद्दतले म्यानचेस्टर सिटीले गएराति सिजनपूर्वको मैत्रीपूर्ण खेलमा ब्ल्याकपलुलाई ४–१ ले हराएको छ। गुन्डोगनबाहेक सिटीका लागि सामुयल इडोजी र रियाद महारेजले एक एक गोल गरे। ब्ल्याकपुलका लागि लुक गारबटले गोल गरे। सिटीले सिजनअघिको तीनै मैत्रीपूर्ण खेल जितेको छ। इङ्लिस प्रियिमर लिग विजेता सिटीले अब एफए कप विजेता लेस्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्