टोकियो ओलम्पिकः एथलेटिक्समा अमेरिकाकी म्याकलघलिनको विश्व कीर्तिमान एजेन्सी। अमेरिकाकी सिड्नी म्याकलघलिनले एथलेटिक्स महिला ४०० मिटर हर्डल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले ५१.४६ सेकेण्डमा दुरी पार गरेकी थिइन्। म्याकलघलिनले आफैंले बनाएको ५१.९० सेकेण्डको कीर्तिमान तोडेकी हुन्। अमेरिकाकै डलाइला महम्मदले ५१.५८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। महम्मदले पनि २०१९ मा विश्व कीर्तिमान राख्दै वर्ल्ड च्याम्पियसिप जितेकी थिइन्। नेदरल्यान्ड्सकी फेमकी बलले काश्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्