टोकियो ओलम्पिकको आज १२ औं दिन, १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’को आज १२औं दिन विभिन्न खेलहरुमा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आयोजककाअनुसार आज आटिस्टिक स्वीमिङ, रनिङ,बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, गल्फ, ह्याण्डबल, म्यारथुन स्वीमिङ, सेलिङ, स्केटबोर्डिङ,टेबुल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङ लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ। हालसम्म सम्पन भएका खेलहरुमा सबैभन्दा बढी स्वर्ण पदक चीनले ३२, अमेरिकाले २४, जापानले १९ र अष्ट्रेलियाले १४ वटा जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्