नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा काठमाडौं। नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। “नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो”, उनले आज ट्वीटरमार्फत सन्यासको घोषणा गर्दै भनेका छन्, “अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना अझै पनि बामे सर्दैछन्।” पारसले सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्