टोकियो ओलम्पिकः ५१ देशको पोल्टामा २०० स्वर्ण पदक काठमाडौं।टोकियो ओलम्पिक–२०२० को ११ औं दिनको बिहानसम्म २०० स्वर्ण पदकको छिनोफानो भएको छ।हालसम्म ५१ देश तथा क्षेत्रले एक वा बढी स्वर्ण पदक हात पारेका छन्।चीनले २९,अमेरिकाले २२,जापानले १७, अष्ट्रेलियाले १७,रुसी खेलाडीले १२, बेलायतले ११,फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ६-६ र नेदरल्याण्ड्ले ५ स्वर्ण जितेका छन्। स्तै, इटाली,न्युजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा,क्यानडा,स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्