आज टोकियो ओलम्पिकको ११औं दिनः २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं। टोकियो ओलम्पिक–२०२० को ११औं दिन विभिन्न खेलमा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हँुदैछ। आज जिम्नास्टिक, स्वीमिङ, लङ्गजम्प, जाभ्लिन थ्रो, बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, फुटबल, ह्याण्डबल, हकी, टेबन टेनिस, साइक्लिङ, भलिबल, बाटर पोलो, भारत्तोलन, रेस्लिङ लगायतका खेलहरु हुनेछन्। टोकियो ओलम्पिकमा हालसम्म सबैभन्दा बढी स्वर्ण चीनले २९, अमेरिकाले २२, जापानले १७ र अष्ट्रेलियाले १४ वटा जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्