टोकियो ओलम्पिकः महिला ५ हजार मिटर दौडमा नेदरल्यान्ड्सकी हसनलाई स्वर्ण एजेन्सी।नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनले १४ मिनेट ३६.७९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। केन्याकी हेलेन ओबिरीले १४ मिनेट ३८.३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। इथियोपियाकी गुडाफ सोगेले काश्य पदक जितिन्। हसनले २०१९ को वर्ल्ड च्याम्पियनसिपमा दश हजार र १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्