टोकियो ओलम्पिकः ब्याडमिन्टनमा डेनमार्कका एक्सेलसनले जिते स्वर्ण एजेन्सी। डेनमार्कका भिक्टोर एक्सेलसनले ब्याडमिन्टन पुरुष एकलमा स्वर्ण पदक जितेका छन्। रियो ओलम्पिकमा कास्य पदक जितेका एक्सेलसनले चीनका चेन लङलाई २१–१५, २१–१२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। चेन रियो ओलम्पिकको स्वर्ण पदक विजेता हुन्। उनी लगातार दोस्रो स्वर्ण पदक जित्नबाट चुके। यसअघि चीनका लिन डनले बेइजिङ र लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्