एन्फामा तत्काल निर्वाचन गर्नुपर्छः किरण राई काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले तत्काल निर्वाचन गर्नुपर्ने बताएका छन्। सञ्चारकर्मीसँगको भेटघाटमा राईले भने, ‘हाल देखिएका सबै विवाद समाधान गर्न एन्फा तत्काल निर्वाचनमा जानुपर्छ। हाम्रो मूल्यांकन अब मतदाताले गर्नेछन्। त्यस कारण अब ताजा निर्वाचनमा जाऔँ। हामीले चाह्यौं भने सात महिना भित्रमै निर्वाचन गर्न सक्छौँ। एन्फामा देखिएको समस्या ताजा जनादेशले मात्रै समाधान गर्न सक्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्