टोकियो ओलम्पिकः जिम्न्यास्टिकमा अमेरिकालाई अर्को स्वर्ण एजेन्सी। अमेरिकाकी जेड क्यारीले जिम्न्यास्टिकको महिला फ्लोर एक्सरसाइज स्पर्धामा स्वर्ण पदक जितेकी छन्। २१ वर्षीया क्यारीले १४.३६६ अंक जोड्दै स्वर्ण पदक जितेकी हुन्। टोकियो ओलम्पिकमा अमेरिकाको यो दोस्रो स्वर्ण पदक हो। यसअघि महिला अलराउण्ड प्रतिस्पर्धामा सुनिसा लीले स्वर्ण पदक जितेकी थिइन्। १४.२०० अंक जोडेकी इटालीकी भेनेसा फेर्रारीले रजत तथा जापनकी मुराकामी माई र रुसकी एन्जेलिना मेल्निकोभाले काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्