टोकियो ओलम्पिकः सुटिङमा चीनका झाङको विश्व कीर्तिमान एजेन्सी। चीनका झाङ चाङहाङले सुटिङको पुरुष २५ मिटर थ्री–पोजिसन राइफलमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। झाङले ४६६ अंक जोडेका थिए। यसअघि चीनकै याङ हाओरनको नाममा ४६५.३ अंकको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने रुसका सेर्गी कामेनेस्कीले ४६४.२ अंक जोडे। सर्वियाका सेबिच मिलेन्कोले ४४८.२ अंक जोड्दै कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्