नेपालका गौतम विश्व र्‍याफ्टिङ्ग महासंघको सदस्य चयन काठमाडौं। नेपाल र्‍याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीपराज गौतम विश्व र्‍याफ्टिङ्ग महासङ्घको बोर्ड सदस्यमा चयन भएका छन्। गौतम एसियन कन्टिनेन्टको कोटाबाट बोर्ड सदस्यमा चयन भएका हुन्। नेपालबाट महासङ्घको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो व्यक्ति हुन्। फ्रान्समा विश्व र्‍याफ्टिङ्ग च्याम्पियनसिपका दौरान सम्पन्न साधारणसभाले महासङ्घको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्