भारतको महिला हकी टिम सेमिफाइनलमा काठमाडौं। भारतको महिला हकी टिम टोकियो ओलम्पिकको सेमिफाइनलमा पुगेको छ। अस्ट्रेलियालाई १–० ले हराएर इतिहास रच्दै भारतीय टोलीले अन्तिम चारमा स्थान बनाएको हो। भारतको महिला हकी टिम ओलम्पिकको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो। निकै प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियालाई हराउँन दोस्रो क्वार्टरमा भारतकी गुरजीत काैरले गोल गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्