टोकियो ओलम्पिकः ५३ देशले जिते १८० वटा स्वर्ण पदक काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’मा हालसम्म १८० स्वर्ण पदकको टुङ्गो लागेको छ।पछिल्लो विवरणअनुसार हालसम्म ५३ देश एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म चीनले २४,अमेरिकाले २०, जापानले १७,अष्ट्रेलियाले १४,रुसी खेलाडीले १२, बेलायतले १०, फ्रान्सले ५,दक्षिण कोरियाले ५ र इटाली, नेदरल्याण्ड्स, जर्मनी, न्जुजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा स्वर्ण जितेका छन्। क्यानडा, स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्