‘ए’ डिभिजन लिगको पुरस्कार राशि बढाइयो, विजेता ७५ लाख पाउने काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। अब विजेताले ७५ लाख, दोस्रो स्थानमा हुनेले ५० लाख र तेस्रो स्थानमा हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउँथ्यो। एन्फाले क्लबलाई लिगको तयारीका लागि सबै क्लबलाई २० लाख रुपैयाँ दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्