शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति सर्यो, कात्तिक २९ बाट शुरु काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति परिवर्तन भएको छ। नयाँ मितिअनुसार नेपाली फुटबलको शीर्ष लिग कात्तिक २९ गतेबाट हुने एन्फाले जनाएको छ। एन्फाले यसअघि लिग असोज ३ गतेबाट गर्ने योजना सार्वजनिक गरेको थियो। सो समय साफ च्याम्पियनसिप आयोजना हुने भएका कारण लिग पछाडी सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दाबी पेश गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्