टोकियो ओलम्पिकः अमेरिकाका ड्रेसलले जिते पाँचौ स्वर्ण एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले टोकियो ओलम्पिकमा पाचौं स्वर्ण पदक जितेका छन्। उनले आज बिहान ४ गुणा १०० मिड्ले रिलेमा विश्व कीर्तिमान र पुरुष ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेका छन्। उनले यसअघि १०० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र ४ गुण १०० मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्णपदक जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्