टोकियो ओलम्पिकः रग्बी सेभेनमा महिलातर्फ न्युजिल्यान्डलाई स्वर्ण एजेन्सी। न्युजिल्यान्ड महिला टिमले रग्बी सेभेनमा फ्रान्सलाई २६–१२ ले हराउँदै स्वर्ण जितेको हो। पाँच वर्षअघि रियो ओलम्पिकमा न्युजिल्यान्ड अस्ट्रेलियासँग फाइनलमा हारेको थियो। रियोबाटै रग्बी सेभेनले ओलम्पिकमा प्रवेश पाएको हो। फीजीले बेलायतलाई २१–१२ को स्कोरमा हराउँदै काश्य पदक जित्यो। पुरुषतर्फ फीजीले न्युजिल्यान्डलाई २७–१२ ले हराउँदै स्वर्ण पदक जित्यो। अर्जेन्टिनाले बेलायतलाई १७–१२ ले हराउँदै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्