टोकियो ओलम्पिकः बेलायतले पौडीमा बनायो विश्व कीर्तिमान एजेन्सी। बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। बेलायतले निर्धारित दुरी ३ मिनेट ३७.५८ सेकेण्डमा पार गरेको हो। यसअघि चीनको नाममा ३ मिनेट ३८.४१ सेकेण्डको विश्व कीर्तिमान थियो। चीनले ३ मिनेट ३८.८६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्यो। ३ मिनेट ३८.९५ सेकेण्डमा दुरी पार गरेको अष्ट्रेलियाले काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्