टोकियो ओलम्पिकः दक्षिण कोरियाकी आन सानले जितिन् तीन स्वर्ण एजेन्सी। आन सान दक्षिण कोरियाबाट ग्रीष्मकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन्। सानले आर्चरीको महिला एकल, महिला टिम र मिक्स टिममा स्वर्ण पदक जितेकी थिइन्। उनले आज महिला एकलमा रुसकी एलिना ओसिपोरालाई ६–५ ले हराउँदै स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा दक्षिण कोरियाले पछिल्लो दशमध्ये ९ ओलम्पिकमा स्वर्ण पदक जितेको छ। इटालीले लुसिला बोएरीले कास्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्