नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्