टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्