टोकियो ओलम्पिकः जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना चकनाचुर एजेन्सी। शीर्ष वरीयताका नोभाक जाकोभिच पुरुष टेनिसको सेमिफाइनलमा जर्मनीका एलेक्जेन्डर जेरेभसँग ६-१, ३-६, १-६ ले हारे। यससँगै उनको गोल्डेन स्लाम जित्ने लक्ष्य समाप्त भएको छ। एकै वर्ष चार ग्राण्डस्लाम र ओलम्पिकमा स्वर्ण पदक जित्नुलाई टेनिसमा गोल्डेन स्लाम भनिन्छ। अहिलेसम्म कुनै पनि पुरुष खेलाडीले यो सफलता हासिल गरेका छैनन्। जोकोभिचले विम्बल्डन, अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्