टोकियो ओलम्पिकः जोकोभिच टेनिसको सेमिफाइनलमा एजेन्सी। शीर्ष वरीयताको सर्वियाका नोभाक जोकोभिच ओलम्पिक पुरुष टेनिसमा एकल स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन्। जोकोभिचले आयोजक जापानका केई निशीकोरीलाई ६–२, ६–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्। जोकोभिचले अब फाइनल प्रवेशका लागि जर्मनीका एलेक्जेन्डर जेरेभ र फ्रान्सका जेरेमी चार्डीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। रुसका कारिन खाचनोभ र स्पेनका पाब्लो कारेनो बुष्टाले पनि सेमिफाइनलमा स्थान बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्