टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्