स्पेनिस ला लिगा विजेता एट्लेटिको पराजित एजेन्सी। स्पेनिस ला लिगा विजेता एट्लेटिको मड्रिड सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको क्लब साल्जबर्गसँग १–० ले पराजित भएको छ। साल्जबर्गको जितमा करिम एडेएमीले ३४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि एट्लेटिकोले नुमान्सियासँग १–१ को बराबरी खेलेको थियो। एट्लेटिकोले अब शनिबार जर्मन बुन्डेसलिगाको क्लबविरुद्ध खेल्नेछ। एट्लेटिकोले १५ अगष्टमा सेल्टा भिगोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्