टोकियो ओलम्पिक २०२०ः ३७ देशले हात पारे स्वर्ण काठमाडौं। टोकियो ओलम्पिक–२०२० मा हालसम्म ३७ देशले स्वर्ण पदक हात पार्न सफल भएका छन्। हालसम्म जापानले १२, चीनले १२, अमेरिकाले ११, रुसी खेलाडीले ७, अष्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनीले ३, फ्रान्सले ३ र नेदरल्याण्ड्स, क्यानडा,हंगेरी,स्लोभेनिया,क्रोएसिया र कोसोभोले दुई–दुई वटा स्वर्ण जितेका छन्। एक–एक वटा स्वर्णपदक जित्नेमा इटाली,स्वीट्जरल्याण्ड,रोमानिया,चाइनिज ताइपेइ,ब्राजिल,न्यूिजल्याण्ड, जर्जिया, सर्विया,अष्ट्रिया,हङकङ,ट्युनिसिया,इस्टोनिया,आयरल्याण्ड, उज्वेकिस्तान, बर्मुडा,इक्वेडर, फिजी,इरान,लाट्भीया,नर्वे,फिलिपिन्स र थाईल्याण्ड छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्