टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणमै पूर्णविराम लागेको छ। फ्रान्स आज आयोजक जापानसँग ४–० ले स्तब्ध बन्यो। जापानले समूह ‘ए’बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो। यस समूहबाट दक्षिण अफ्रिकालाई ३–० ले हराएको मेक्सिको उपविजेता बन्दै क्वार्टरफाइनल पुग्यो। सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्