टोकियो ओलम्पिकः रोविङमा नेदरल्यान्डको विश्व कीर्तिमान एजेन्सी। नेदरल्यान्ड्सले रोविङमा पुरुष क्वाड्रपल स्कल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सले ५ मिनेट ३२.०३ सकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। यसअघि युक्रेनको नाममा २०१४ मा ५ मिनेट ३२.२६ सेकेण्डको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने बेलायतले ५ मिनेट ३३.७५ सकेण्डमा दुरी पार गर्‍यो। ५ मिनेट ३३.९७ सेकेण्डमा दुरी पार गर्ने अष्ट्रेलियाले काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्