टोकियो ओलम्पिकः पुरुष भलिबलमा रुसले अमेरिकालाई हरायो एजेन्सी। पुरुष भलिबलमा रुसले अमेरिकालाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा रहेको रुसले अमेरिकालाई २५–२३, २७–२५, २१–२५, २५–२३ को सेटमा हराएको हो। अमेरिकाले यसअघि फ्रान्सालई ३–० को सोझो सेटमा हराएको थियो। रुसले अर्जेन्टिनालाई ३–१ ले हराएको थियो। समूह ‘ए’को अर्को खेलामा इरानले भेनेजुएलालाई २५–१७, २५–२०, २५–१८ को सेटमा हरायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्