माउरिन्होको प्रशिक्षणमा रोमाको अर्को जित
एजेन्सी। जोजे माउरिन्होको प्रशिक्षणमा एएस रोमाले डिब्रेसेनमाथि ४–२ को नतिजासहित विजयी यात्रालाई निरन्तारता दिएको छ। सिजनपूर्वको मैत्रीपूर्ण खेलमा रोमालाई जिताउन एडिन जेकोले दुई तथा बोर्जा मायोरल, लोरेन्जो पेलेग्रिनी र निकोलो जानिओलोले एक/एक गोल गरे। डिब्रेसेनका डोनाट बारने र रोलान्ड उग्रीले गोल गरे। माउरिन्होले यसै सिजनबाट रोमाको प्रशिक्षण सम्हालेका हुन्। रोमाले पहिलो मैत्रीपूर्ण खेलमा ट्रिइसटिनालाई १–० ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्
