जेरार्डको रेन्जर्सले रियाललाई हरायो एजेन्सी। स्टेभन जेरार्डको रेन्जर्सले सिजनपूर्वको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी रियाल मड्रिडलाई २–१ ले हराएको छ। रियालले रोड्रिगोको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। रेन्जर्सका फ्यासन साकालाले ५५औं मिनेटमा बराबरी गोल फर्काए। ७७औं मिनेटमा सेड्रिक इटेनले गरेको गोल रेन्जर्सको जितमा निर्णायक बन्यो। नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रियालको पहिलो खेल हो। रियालले अब एसी मिलानविरुद्ध आइतबार खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्