टोकियो ओलम्पिकः जापान र ब्राजिलको पनि विजयी सुरुआत एजेन्सी। महिला भलिबलमा आयोजक जापान केन्यालाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ। जापानले २५–१५, २५–११, २५–२३ को सेटमा हराएको हो। समूह ‘ए’मा ब्राजिलले दक्षिण कोरियालाई २५–१०, २५–२२, २५–१९ को सेटमा हरायो। समूह ‘ए’ को अर्को खेलमा सर्वियाले डोमिनिकन गणतन्त्रलाई ३–० को सेटमा हरायो।
प्रतिक्रिया दिनुहोस्