टोकियो ओलम्पिकः भारोत्तोलनमा चीनका लीलाई स्वर्ण
एजेन्सी। टोकियो ओलम्पिकमा चीनका ली फाबिनले भारोत्तोलनको पुरुष ६१ किलो तौल समूहमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। लीले कुल ३१३ किलो तौल उचालेर कीर्तिमान बनाएका हुन्। उनले क्लिन एण्ड जर्कमा १७२ किलो उचालेर ओलम्पिक कीर्तिमान बनाए। लीले स्न्याचमा १४१ किलो उचाले। ३०२ किलो उचालेका इन्डोनेसियाका इको युलि इरावनले रजत र २९४ किलो उचालेका काजकिस्तानका सन इगोरले कांस्य पदक जिते।
प्रतिक्रिया दिनुहोस्
