टोकियो ओलम्पिकः जुडोमा जापानका अबे दाजुबहिनीलाई स्वर्ण एजेन्सी। टोकियो ओलम्पिकको जुडोमा जापानका अबे दाजुबहिनीले देशका लागि थप दुई स्वर्ण पदक जितेका छन्। महिला ५२ केजी तौलसमूहमा २१ वर्षीया युता अबेले फ्रान्सकी अमान्डिया बुचार्डलाई इपोनले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। बेलायत र इटालीले काश्य पदक जिते। पुरुष ६६ केजी तौलसमूहमा युताका दाई हिफुमी अबेले पनि स्वर्ण पदक जिते। उनले जर्जियाका बाजहा मार्गभेलश्भीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।
प्रतिक्रिया दिनुहोस्