महिला रोड रेसमा अष्ट्रियाकी किसेनहोफरलाई स्वर्ण एजेन्सी। अष्ट्रियाकी अन्ना किसेनहोफरले टोकियो ओलम्पिकको महिला रोड रेसमा स्वर्ण पदक जितेकी छन्। किसेनहोफरले १३७ किलोमिटरको दुरी ३ घण्टा ५२.४५ मिनेटमा पार गर्दै स्वर्ण पदक जितेकी हुन्। उनले दुई पटकको स्वर्ण पदक विजेता नेदरल्यान्ड्सकी भान एनेमिइक भान भ्लुटनलाई १.१५ मिनेटले पछि परेकी थिइन्। इटालीकी एलिसा लोङगो बोर्घिनीले काश्य पदक जितिन्। उनले ३ घण्टा ५४.१४ मिनेटमा दुरी पार गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्