दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्